विद्यार्थीका लागि मतदाता शिक्षा सञ्चालन

बैतडी : जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो।

उक्त कार्यक्रम मङ्सिर २७ गते जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी माविबाट सुरु भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए।

प्रत्येक स्थानीय तहको एक विद्यालय छनोट गरेर अन्य सबै पालिकामा पनि उक्त कार्यक्रम सञ्चालन हुनेछ। उनले भने, ‘कार्यक्रम सञ्चालन हुने विद्यालय छनौटसँगै कार्यक्रम पनि सञ्चालनको तयारीमा छौं। यसअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको नयाँ सरकारी सामुदायिक विद्यालय छनौट गर्छौं।’

माविस्तरका विद्यालय कार्यक्रम सञ्चालन भइरहेको र कक्षा नौ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

चुनावमा मत बदर नहोस् भन्नका लागि र विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो।

एक विद्यालयका कम्तिमा १५० विद्यार्थी सहभागी गरिँदै आएको छ। निर्वाचन आयोगको वार्षिक कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो।

गत वर्ष जिल्लाका आठ विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

बैतडीमा हाल १ लाख ४८ हजार बढी मतदाता रहेका छन्। यसका साथै हाल पालिकास्तरबाटै फोटोसहितको मतदाता नामावती संकलन विशेष कार्यक्रम पनि सञ्चालन भएको छ।

विद्यार्थीका लागि मतदाता शिक्षा सञ्चालन

हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

विद्यार्थीका लागि मतदाता शिक्षा सञ्चालन

महु जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरु

Leave a comment

Your email address will not be published. Required fields are marked *