बाथरोगसम्बन्धी अल्का अस्पतालको निस्शुल्क स्वास्थ्य शिविर

काठमाडौं : अल्का अस्पताल प्रालिले बाथरोगसम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।

बाथरोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सयजना बिरामीलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा निःशुल्क औषधि वितरण गरिने अस्पतालले जनाएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटाभन्दा बढी बाथरोगसम्बन्धी ल्याब जाँच पनि निस्शुल्क गरिन लागिएका अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले जानकारी दिए ।

सिबिसी, इसिआर, युरिक एसिड, क्रियटिनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायत ल्याब जाँच डाक्टरको सिफारिसमा निस्शुल्क गरिने उनले बताए ।

हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनावारी गडबडी भएकाहरू, बेला-बेलामा गर्भसमेत तुहिने समस्या भएकाहरु, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरीरको विभिन्न भागमा रातो तथा निलो दाग भएकाहरु, कपाल झर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भई बेस्सरी दुखेका बिरामीहरूले शिविरमा आएर निस्शुल्क परीक्षण गराउन सक्ने वरिष्ठ बाथरोग विशेषज्ञ जीवन पौडेलले सुझाव दिए ।

बाथरोगसम्बन्धी अल्का अस्पतालको निस्शुल्क स्वास्थ्य शिविर

बिजुली बेचेर व्यापार घाटा कम हुँदैन स्

बाथरोगसम्बन्धी अल्का अस्पतालको निस्शुल्क स्वास्थ्य शिविर

‘मिसेस नेपाल वर्ल्ड’ मा भिड्दै २४ प्रतियोगी

Leave a comment

Your email address will not be published. Required fields are marked *