लप्पन छप्पन २ फागुन १३ मा

काठमाडौं : कोरोना महामारीका कारण धेरैपटक प्रदर्शन मिति सार्नुपरेको लप्पन छप्पन २ु फागुन १३ देखि प्रदर्शन गर्ने तयारीमा निर्माता टिम छ। गत भदौमै सार्वजनिक गरिएको मितिमा फिल्म प्रदर्शन हुने फिल्मका निर्माता तथा निर्देशक मुकुन्द भट्टले बताएका छन्।

मंगलबार आफ्नो फेसबुक अकाउन्टमार्फत आफूले फिल्म फागुन १३ मा प्रदर्शन नहुने हल्ला सुनेको, त्यसले आफूलाई केही असर नगरेको र फिल्म फागुन १३ मै आउने उनले बताएका छन्।

एक्सन जनरामा बनेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक भट्ट हुन्।

यतिवेला भट्ट एक्स ९ः लेवल वानु निर्माणको तयारीमा छन्। बलिउड अभिनेता सुनील सेट्टीदेखि नेपालका अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने उक्त फिल्मलाई नेपालको सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्मको रुपमा प्रचार गरिएको छ।

लप्पन छप्पन २ फागुन १३ मा

लोक सेवाले खुलायो, २८४ जना अधिकृतको विज्ञापन

Leave a comment

Your email address will not be published. Required fields are marked *