चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।

अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो ।

टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।” उनले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको जानकारी दिए । उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

माओवादी कर्णालीको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र

Leave a comment

Your email address will not be published. Required fields are marked *