सभापति देउवालाई रामचन्द्र पौडेलद्वारा बधाई

काठमाण्डौ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । पौडेलले एक विज्ञप्तिमार्फत देउवालाई बधाई दिँदै राष्ट्रिय जीवन र पार्टीको जीवन गम्भीर मोडमा रहेकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

पौडेलले सात दशक लामो संघर्षबाट स्थापित भएको लोकतन्त्र र संविधानसभामार्फत जारी भएको संविधान खतरामुक्त नरहेको भन्दै दुवै संकटलाई पार लगाउन एकतावद्ध र सृदृढ कांग्रेस अहिलेको आवश्यकता रहेको पनि बताउनुभएको छ । देउवालाई लोकतन्त्र र सुशासनको रक्षामा सफलता मिलोस् भन्दै पौडेलले शुभकामना दिनुभएको छ ।​

सभापति देउवालाई रामचन्द्र पौडेलद्वारा बधाई

माल्टामा गाँजालाई वैधानिकता, एक परिवारले ४ वटासम्म

सभापति देउवालाई रामचन्द्र पौडेलद्वारा बधाई

माओवादी कर्णालीको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र

Leave a comment

Your email address will not be published. Required fields are marked *