एनएलजी ईन्सोरेन्स कम्पनीले पशुपालक किसानलाई दाबि भुक्तानीको चेक हस्तान्तरण र घुम्ती शिबिर सम्पन्न


प्रचण्ड खत्री, रुकुम पशिम : एनएलजी ईन्स्योरेन्स कम्पनी द्वारा पश्चिम रुकुमको त्रिवेणी गांउपालिकामा कृषी तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल र घुम्ती बीमा कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रममा त्रिवेणी गा.पा. वडा नं ३ का वडा अध्यक्ष मोहन वली ५ का वडा अध्यक्ष खडक बहादुर घर्ती , पशु सेवा कार्यालय का प्रमुख ठान बहादुर वली , त्रिवेणी गाउ पालिका का निमित्त प्रशासकिय अधिकृत रमेश पुन लगायत पालिका का अगुवा कृषक तथा पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।

एनएलजी ईन्स्योरेन्स कम्पनी लि। नेपालगन्जका क्षेत्रिय प्रमुख सुनील श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता किसिमका घुम्ती बीमा र छलफल कार्यक्रमले सरोकारवाला किसानहरुले प्रत्यक्ष लाभ लिन सहज बनाएको र नजानेका कुराहरुको ज्ञान लिन पाएको भन्दै आयोजक एनएलजी ईन्स्योरेन्स कम्पनीलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा कृषी बीमा कार्यक्रममा सहकार्य गर्दै जाने प्रतिबधता समेत व्यक्त गरेका थिए रुकुम पशिमका कार्यालय प्रमुख मोहन बिसीले बताए ।

छलफलको क्रममा किसानहरुले आफ्नै गाउघरमा आएर बीमा बारे जान्ने बुझ्ने अवसर पाएको मा खुशी व्यक्त गरेका थिए भने पशु बीमा जस्तै कृषीका अन्य बीमा गर्नका निम्ती अभिकर्ता तथा कर्मचारीको व्यवस्था मिलाउन अनुरोध गरेका कार्यालय प्रमुख बिसीले जानकारि दिएका छन । उक्त कार्यक्रममा उक्त पालिका का २ जना पशुपालक किसानहरुलाई दावी भुक्तानीको चेक समेत हस्तान्तरण गरीएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनएलजी ईन्सयोरेन्स कम्पनीका क्षेत्रिय प्रमुख सुनील श्रेष्ठ ज्यूले कार्यक्रमको उदेश्य र कृषी बीमाको महत्व माथी प्रस्ट पार्दै कम्पनीले नेपाल सरकारले कृषी बीमा जारी गर्नु अगावै पशु बीमाको सरुवात गरीसकेको र कृषी बीमा मा योग्दान पुर्याए वापत नेपाल सरकारले कम्पनीलाई सम्मानित समेत भईसकेको जानकारी गराउदै बढी भन्दा बढी किसानहरुलाई बीमा सेवा प्रदान गर्ने कम्पनीले लक्ष्य लिए अनुरुप किसानहरुले बीमा सेवा पाउनका निम्ती आगामी दिनमा समेत किसानहरुको घर दैलोमा पुग्ने गरी अभिकर्ताहरुको व्यवस्था मिलाईने प्रतिबद्धता समेत गरे ।

भौगोलिक कठिनाई र कोरोना माहामारीले गर्दा सोचे अनुरुप बीमा सेवा दिन नसकेको स्वीकार्दै आगामी दिनमा छलफलमा उठेका विषयहरुमा सच्याउदै बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै किसानबर्गहरु समेत सचेत हुनु पर्ने अनुरोध गर्नु भएको थियो । कार्यक्रमको संचालन एनएलजी ईन्स्योरेन्स कम्पनी लि. पश्चिम रुकुमा का कार्यालय प्रमुख मोहन बुढाथोकीले गरेका थिय । यस्ता किसिमका घुम्ती बीमा सेवा कार्यक्रम क्रमशस् अन्य पालिकाहरुमा समेत संचालन गर्दै जाने कम्पनीले जनाएको छ।

एनएलजी ईन्सोरेन्स कम्पनीले पशुपालक किसानलाई दाबि भुक्तानीको चेक हस्तान्तरण र घुम्ती शिबिर सम्पन्न

हराउँदै थारु समुदायको संस्कृति

एनएलजी ईन्सोरेन्स कम्पनीले पशुपालक किसानलाई दाबि भुक्तानीको चेक हस्तान्तरण र घुम्ती शिबिर सम्पन्न

मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारबाट धेरै आश

Leave a comment

Your email address will not be published. Required fields are marked *