नेकपा समाजवादिमा उर्लियो जनसागर,सभालाई झाँक्री र ज्वालाकाे सम्वाेधन

दुर्गा विसि                                                       सल्यान । नेकपा एकीकृत समाजवादी बनगाड कुपिण्डे नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा निकै ठुलो जनमास उर्लियो ।नेकपा (एस) पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला,केन्द्रीय सदस्य राम कुमारी झाँक्री लगाएतका नेताहरुले सम्बाेधन गरेका थिए ।                                          ्                                                                          नेता ज्वालाले पार्टी फुट्नुमा केपि वलिकाे अहमता,ताना शाह,गुटबन्दी मुख्य कारण भएको जनाए ।वलिकाे पार्टी एउटा् व्यक्तिगत फर्म वा कम्पनी भएको तर्क गर्दै ज्वालाले अब सल्यानमा उक्त पार्टीले एउटा वडा समेत जित्न नसक्ने दावि गरेका थिए । विशाल जनसभालाई सम्वाेधन गर्ने क्रममै ज्वालाले केपिले कम्युनिस्ट एकता भाँडेकाे अाफ्नाे स्वर्थको लागि पार्टी एकताको प्रपञ्च नाटक मञ्चन गरेको वताए ।                                                                                     ४ वर्षे अन्तरालमा मनमाेहन अधिकारीकाे ९ महिने शासनकालकाे जति पनि काम गर्न नसकेको अाराेप लगाए ।बनगाड कुपिण्डे नगरपालिकामा सबै धेरै जनप्रतिनिधि नेकपा समाजवादी रहेको र सल्यानमा मात्रै ७० प्रतिशत वढि ठुलो पंक्ति अाफ्नाे पक्षमा रहेको दावि समेत गरिएको थियोे ।अाउदाे चुनावमा कम्युनिस्ट पार्टी विच मन मिल्नेहरुसँग चुनावी एकता भैइ अघि वढ्ने समेत जनाएको छ ।देशमा अव कम्युनिस्ट पार्टीको मुलधार अाफुहरुकाे नेतृत्वमा रहने समेत ठाेकुवा गरिएको थियोे ।साथै सल्यानकाे विकास याेजनाका विषयमा अाफ्नाे तर्फबाट र पहलमा परेका साना तथा ठुला याेजनाका विषयमा समेत नेता ज्वालाले सभालाई जानकारी गराएका थिए ।                                                                                    त्यसै गरि कार्यक्रमकि अर्को वक्ता झाँक्रीले नेकपा एमाले अध्यक्ष वलि प्रती कडा टिप्पणी गरेकि छन् ।वलिकाे राष्ट्र वाद बर्काको खास्टाे भएको जनाउदै उनको कम्पनी अब विस्तारै फ्युजन हुने समेत ठाेकुवा गरिन ।उनको नेतृत्वकाे सरकारले देशलाई भ्रष्टाचारमा चुर्लम डुबाएको थियोे । विकासका नाममा भष्टाचार,कमिसन र घुसपैठले नेपाली जनता अाजित वनाएको थियोे,वलि नेतृत्वकाे सरकार विस्थापितसं्गै देश ले ठुलो मुक्ति पाएको वताइन ।नेकपा एमालेको सुर्य चिन्ह मुर्ति हो ।उक्त सुर्य चिन्हले चुनाव जित्ने भए २०६४ मा किन जितेन भन्ने प्रश्न गर्दै यस्तो केपि कम्पनीकाे लहलहैमा नफस्न उनको विशेष जाेड रहेको थियोे ।प्रशिक्षण कार्यक्रम भनिएता पनि ठुलो मास भएकोले खुला सभामा परिणत भएको थियोे ।सभालाई सम्बाेधन गर्दै नेताहरुले पुर्व सहकर्मी एमालेकै नेताहरु प्रती कडा प्रहार गरेका थिए ।डिएनए परिक्षण गरेर विगतमा केपिले गुटबन्दीका कारण अाफ्ना अासेपासेलाइ मात्रै टिकट वितरण गरेको तर पनि सल्यानमा ठुलो हिस्सा नेकपा समाजवादीमा रहेको जनाएको छ ।केपीकाे मुठ्ठी चलेको उक्त पार्टी अराजकता,नैतिकता निति विधि,विधान विपरीत र अाचरण विना भाे सागरमा सञ्चालित समेत रहेको औंल्याएको थियोे । जिल्ला उपाध्यक्ष राम खड्कि,सचिव रमेशकुमार गौतम,कर्णाली प्रदेश सदस्य गणेश विसि,कर्णाली प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा पार्टीका प्रदेश सदस्य अम्बर वहादुर थापा,धना शाहि,वडा अध्यक्ष शान्त कुमार यरि लगाएत नेताहरुले मन्तव्य राखेका थिए ।सभाले ७५ सदस्य रविराज शर्माको अध्यक्षतामा बनगाड कुपिण्डे नगरपालिका स्तरीय नगर कमिटी समेत गठन गरिएको छ ।समाजवादिका नवगठित नगर सचिव गाेविन्द डाँगीको स्वागत मन्तव्यसँगै सञ्चालन जिल्ला कमिटी सदस्य पुष्कर विसिले गरे

नेकपा समाजवादिमा उर्लियो जनसागर,सभालाई झाँक्री र ज्वालाकाे सम्वाेधन

YUGAAWHAN NATIONAL DAILY (2078-5-30)

बोक्सी भन्दै महलिामाथी कुटपटि,गर्न युवक एक पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *