गाउँपालिका उपाध्यक्षद्वारा वडा कार्यालयकाे नवनिर्मित भवन उद्घाटन

दुर्गा विसि
सल्लीबजार, ३० भदाै ।
सुर्खेत सिम्ता गाउँपालिकाकाे वडा नं ३ काे वडा कार्यलयकाे नवनिर्मित भवन गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले रिवन काटेर उद्घाटन गरिन । सिम्ता गाउँ पालिकाकाे एक करोड लगानिमा भूकम्प प्रतिरोधात्मक ८ काेठाकाे एक तले हल सहितकाे सुविधायुक्त भवन निर्माणकार्य सम्पन्न भए पछि उद्घाटन गरिएको हाे ।सबै सेवा सुविधाबाट नागरिकलाई एकद्वार प्रणाली अनुसार सेवा दिने उदेश्यले भवन निर्माण गरिएको जनाएको छ।

साविकको अाग्रिगाँउ गाविस विरेन्द्रनगरमा सम्पर्क कार्यलयकाे रूपमा रहेको थियो । स्थानीय चुनाव भए पछि प्रावि अाग्रिगाउकाे एउटा काेठा बाट वडाले सेवा प्रवाह गरिरहेको थियो । भवन वने पछि अबदेखि वडाले अाफ्नै भवनबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

अब भने वडामा भवन वने पछि थप सुविधा हुने तथा सेवा दिने र सेवा लिने विच सजिलो हुने भएको छ। उक्त कार्यक्रममा पुर्व गाविस अध्यक्ष गणेशबहादुर बुढा,साविकको वडा अध्यक्ष र भवन निर्माणमा सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष भुवान बहादुर बुढा,अमर सिह ठकुरी र रूद्र बहादुर बुढालाई समेत सम्मान गरिएको थियोे ।अन्य विद्यालयबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालय भवन सम्पन्नता पश्चात् अाफ्नै कार्यालयबाट सेवा दिन सुरु गरेको छ ।





