कम्युनिष्टबाट मात्रै देशमा तीव्र विकास सम्भव ओली

काठमाडौँ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टले मात्रै मुलुकमा तीव्र विकास गर्न सक्ने बताए।
एमालेको बुधबार बुटवलमा आयोजित भेलामा सम्बोधन गर्दै ओलीले केही वर्षदेखिको अवस्थालाई हेर्दा अरु पार्टीबाट मुलुकमा विकास गर्न सम्भव नभएको बताएका छन ।
हामीले समृद्घ नेपाल सुखी नेपाली नारा अगाडि सारेका छौं, यो लक्ष्य कम्युनिष्ट नेतृत्वबिना पूरा हुन सक्दैन । कम्युनिस्टले मात्रै तीव्र विकास र यो देशलाई अगाडि बढाउन सम्भव छ, ओलीले भने ।
सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने ओलीको भनाइ छ । बसेरै सम्बोधन गरेका ओलीले कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गरेका छन ।
यस्तै उपमहासचिव विष्णु पौडेलले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एस० लगायतको दलको गठबन्धनलाई कथित भन्दै गठबन्धनलाई एमाले एक्लैले चुनावमा पराजित गर्न ल्याकत राख्ने बताए ।
उनले रुपन्देहीमा रहेका प्रतिनिधिसभाका ५ र १० वटा प्रदेशमा एमालेले जित्ने गरी तयारी गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।






