महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई एक कराेड भारू क्षतिपूर्ति दिन माग

काठमाडौं : तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरिएको छ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय स्वतन्त्रता दिवसका दिन दूतावासलाई ज्ञापनपत्र पठाउँदै धामीको परिवारलाई कम्तिमा एक करोड भारु क्षतिपूर्ति दिन माग गरेको हो।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि धामी महाकाली नदीमा खसेको स्थानीयको भनाई छ। भारतले भने अहिलेसम्म घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छैन।

मोर्चाले सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन भएको पनि जनाएको छ।

‘जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो। यो अपराध एसएसबीबाट भएको छ। धामीको खोजी गर्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु भारतको अमानवीयमात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो’ विज्ञप्तिमा लेखिएको छ,‘यसले भारत आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्व्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ।’

मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइनकाे डाेरी निकाल्दा ३५ वर्षीय धामी बेपत्ता भएका थिए। उनी भारतीय बाटाे हुँदै सदरमुकाम खलंगा आउने क्रममा उक्त घटना भएकाे हाे। नेपाल सरकारको तर्फबाट छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ।

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई एक कराेड भारू क्षतिपूर्ति दिन माग

यौन दुर्व्यवहार पीडितद्वारा निकी मिनाज र उनको

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई एक कराेड भारू क्षतिपूर्ति दिन माग

शान्तीश्रीको गीतमा पुष्प र जिसुको रोमान्स

Leave a comment

Your email address will not be published. Required fields are marked *