शान्तीश्रीको गीतमा पुष्प र जिसुको रोमान्स

काठमाडौं : पछिल्लो समय चर्चामा रहेका कलाकार हुन् पुष्प खड्का । उनको ७० लाखमा गाडी किनेकोदेखि म्युजिक भिडियो अभिनयसम्म चर्चाको बिषय बनेका छन् ।

पुष्पकै अभिनय रहेको नयाँ गीत ‘हेर्ने हो र देखाइदिम’ सार्वजनिक भएको छ । गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा रहेको गीतको भिडियो मोडलिङमा उनलाई जिसु कोइरालाले साथ दिएकी छन् ।

नेपाली लोक संगीतमा प्रयोग हुने द्धोअर्थी शब्दले बेलाबेलामा विवाद निम्त्याउने गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान समेत गीतमा दोहोरो अर्थ दिने शब्दहरू प्रयोग नगर्नका बारम्बार आग्रह गर्दै आएको छ ।

गायिका शान्तीश्री र यज्ञको यो गीतमा पनि ‘हेर्ने हो र देखाइदिम’ द्धोअर्थी शब्द प्रयोग भएको छ । टिकटकमा समेत यो हरफ चर्चामा छ । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन, प्रवीण भट्टको सम्पादन छ ।

शान्तीश्रीको गीतमा पुष्प र जिसुको रोमान्स

महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई एक कराेड

शान्तीश्रीको गीतमा पुष्प र जिसुको रोमान्स

थिएटर अगाडि युट्युवमा ‘उल्झन’

Leave a comment

Your email address will not be published. Required fields are marked *