अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षहरूले अफगानिस्तानमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन माग गरेका छन्।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन्।

अध्यक्षत्रयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘तालिवानी विद्रोहीहरूको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ। यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ।

त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।’

राप्रपाले तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारबीच भएको सम्झौता अनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको २०० वर्ष नाघिसकेको र बेलायती सेनामा काम गर्ने नेपालीहरूमाथि कायम रहेको भेदभाव तथा असमानता पूर्णरूपमा अन्त्य हुन नसकेकोप्रति समेत ध्यानाकर्षण गराएको छ।

ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग पूरा गर्न बेलायती सरकारसँग राप्रपाले आग्रह गरेको छ। सबै मागहरू पूरा गराउन सशक्त कुटनीतिक प्रयास निम्ति राप्रपाले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

३३५ जना महिलासँग डेटिङ गरिसकेका व्यक्ति ३६५

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग

हाइटीमा शक्तिशाली भूकम्प, ३०४ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *