घुँयत्राे : यो देशका जनता दलहरुकै लडाइँ हेरेर गरिविको समृद्धितिर जाने भए गाँठे

यो देशका जनता दलहरुकै लडाइँ हेरेर गरिविको समृद्धितिर जाने भए गाँठे । कहिले सत्ताँ बस्ने रडाकोले कमिनिष्टहरुको लडाइँ हेर्दाहेर्दा अघाइने भैयो त कहिले काँग्रेस पार्टीको महाधिवेशनकै लडाइ हेरेर अघाइने भैयो गाँठे ।
भदौ महिनासम्म महाधिवेशन नगरे पार्टीनै खारेज हुने अवस्थाँ भदौको तेस्रो साताभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक गरेर काम गर्दै आका सभापति देउवाको काममा वरिष्ठ नेता पौडेलले सक्रिय सदस्यताँ टाङ्ग अड्याएर गतिविधि नै अघि बढ्न नदेसी आँफुमाथि पार्टी खारेजको अपजस आइनलागोस् भनेर बारम्बार पार्टी नेताहरुको बैठक बोलाएर महाधिवेशन गर्ने सहमति गराउन खोजेनि पौडेल पक्ष नमानेपछि देउवा निश्लोट अवस्थाँ पुग्याछन् ।
आँफू पार्टी अध्यक्ष हुने चाहना राखेर पौडेलले बखेडा झिकेनी उनकै गुटका प्रकाशमान, रामशरण र कोईराला परिवार नै उनलाई अध्यक्षमा नसघाउने निर्णयमा पुगेसी पौडेल झन् अहिले महाधिवेशन हैनकी विशेष अधिवेशनको अडको थापेर अधिवेशन हुने दिन गुजार्दिने अवस्थाँ छन् ।
संविधानत भदौ महिनासम्म महाधिवेशन भएन भने काँग्रेसको आजसम्म पहिलो पार्टीका रुपमा रहेको सबै अस्थित्व समाप्त हुनेछ र चुनाव चिन्ह पनि यहि पाउँछ भन्ने ग्यारेण्टि छैन । यस्तो अवस्थाँ पार्टी पनि बचाउनुपर्ने र सरकार पनि चलाउनुपर्ने जिम्मेवारीमा बस्या देउवालाई सिध्याउन पौडेल पक्ष मरी मेटेर लागेको छ ।
केन्द्रीय बैठकमा सहमति विना महाधिवेशनाँ जाँदा गैर देउवा समुहले महाधिवेशन सम्पन्न गर्न दिने सम्भाबनानै छैन । यै बेला विमलेन्द्र निधिले देउवाको साथ छोडेर आँफै सभापतिमा उठ्ने र देउवालाई सरकार मात्र चलाउ र पार्टी हामी चलाउँछम् भन्ने शर्त अघि सारेपछि काँग्रेस झन् भदौभित्रै महाधिवेशन सक्ने अवस्थामै छैन ।
काँग्रेस माथिको संवैधानिक संकट समाधान गर्न संविधान संसोधन बाहेकको अर्काे उपाय भनेको छोटाे बाटोबाट महाधिवेशन गर्ने हो । तर त्यसमा सबै समूह एक हुनुपर्छ अन्यथा सम्भव छैन । यो बेला भनेको शेरबहादुर विरोधिको अवसर हो भन्ने धेरैले ठानेका छन् ।
तर विरोधिकै कारण पुरानो दलको साख माटोमा मिल्छ भन्ने हेक्का धेरैलाई छैन । १३ को अंक भनेको सँधैभरी काँग्रेसको अहितमै रहने हो । त्यसैले यो १३ को अंकले काँग्रेसलाई भड्खालाँ लगेर हाल्न नि सक्छ । त्यसैले आजसम्म पौडेलले बैठकाँ जति बखेडा गरे गरे ।
अब नगरी दिएर बरु महाधिवेशन गर्ने छोटो बाटो समातेर सहमति गरी दिए हुन्थ्यो । अन्यथा पार्टीको अस्थित्व मेटिनुले पौडेललाई खुशी मिल्ने र अरुलाई मात्रै दुख मिल्ने त हैन होला । त्यसैले महाधिवेशन गर्ने कुरा सबै एक मत बनौँ । अन्यथा जनताले काँग्रेस र एमालेको रमिता हेरेरै दिन विताउनु पर्ने त हैन होला । दलका नेताहरुमा चेतना भया ।
-वेदर्षि






