मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन्। देउवा नेतृत्वको सरकारको दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले केही महत्वपूर्ण निर्णयहरू लिनसक्ने बताइएको छ।

हाल ५ सदस्यीय मन्त्रिमण्डल छ। अधिकांश मन्त्रालय प्रधानमन्त्री देउवाकै जिम्मामा छन् भने गृहको जिम्मेवारी कांग्रेसका बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी माओवादीकी पम्फा भुसाल तथा अर्थको जिम्मेवारी माओवादीका जनार्दन शर्मालाई दिइएको छ।

यसअघि मंगलबार सरकार गठन भएको दिन देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो। पहिलो दिनको बैठकले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठक बस्दै

जुम्लामा ७० प्रतिशतको बालविवाह

मन्त्रिपरिषद् बैठक बस्दै

YUGAAWHAN NATIONAL DAILY (2078-03-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *