जापानका प्रधानमन्त्री सुगा अमेरिकातर्फ, चीन मामिला मुख्य कार्यसूची

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने भ्रमणका लागि संयुक्तराज्य अमेरिका प्रस्थानगरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुन् ‌।

सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रूपमा बाइडेनसँग छलफल गर्ने बताइएको छ ।

अमेरिकी वरिष्ट दुई अधिकारीहरूले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लागेका हुन्‌। बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ ।

दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छ : बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु !

जापानी विदेश नीति इन्स्टिच्युटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रूपमा जापानले बुझ्न चाहेको बताए ।

चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरूलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ ।

जापानका प्रधानमन्त्री सुगा अमेरिकातर्फ, चीन मामिला मुख्य कार्यसूची

‘मेरो कित्ता’ सेवा शुभारम्भ, घरजग्गाको नक्सा हेर्न

जापानका प्रधानमन्त्री सुगा अमेरिकातर्फ, चीन मामिला मुख्य कार्यसूची

रचना रिमाल र भुषण खतिवडाको ‘ह्यापी न्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *