संसद विघटनको बिरुद्धमा पत्रकारको पदर्शन

सुर्खेत, ३ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध कर्णाली प्रदेशमा क्रियाशील पत्रकारका सातवटा पेशागत संगठनले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । पेशागत संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी रहेको भन्दै विरोध गरेका हुन् । मंगलगडीचोकबाट शुरु भएको मौन ¥याली वीरेन्द्रनगर बजार परिक्रम गरी पिपल चौतारामा पुगेर कोण सभामा परित भएको थियो । सहभागीहरुले कालो मास्क र कालो पट्टी बाँधेका थिए । सभामा सहभागी पत्रकार हरुले सरकारको लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी हर्कत तथा प्रतिगमनवरुद्ध सडकमा आएर प्रदर्शन गर्ने बाध्य भएको बताएका छन् ।   

उनीहरुले मिडियासम्बन्धी एकपछि अर्को विवादास्पक विधेयक ल्याएर पूर्ण प्रेस स्वन्त्रता खोस्ने काममा सरकार लागिपरेको भन्दै विरोध गरेका छन् । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व महासचिव शिव लम्साल, नेपाल प्रेस संगठनका सचिवालय सदस्य सइन्द्र राई प्रेस संगठनका बलराम रोकाय तथा पत्रकार महासंघ कर्णालीका उपाध्यक्ष कमल पन्तले प्रतिगमनका विरुद्ध उत्रन सबैलाई आग्रह समेत गरेका छन् । विरोध प्रदर्शनमा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार महासंघलगायत सातवटा संगठनको सहभागिता रहको थियो ।

संसद विघटनको बिरुद्धमा पत्रकारको पदर्शन

पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

संसद विघटनको बिरुद्धमा पत्रकारको पदर्शन

पुर्व टिमविरुद्ध रश्मीको ह्याट्रिक

Leave a comment

Your email address will not be published. Required fields are marked *