बाख्रा र चौरी पालनका लागि पकेट क्षेत्र छनौट

हुम्ला, ३ फागुन । चालु आर्थिक वर्षका लागि जिल्लाका सात वटै गाउँपालिकाका लागि बाख्रा तथा चौरी पालन पकेट क्षेत्र छनौट गरिएको छ। पशुपालनका लागि प्राविधिकहरुको स्थलगत अध्ययनपछि तयार भएको प्रतिवेदनका आधारमा सो क्षेत्र छनौट गरिएको हो । कर्णाली प्रदेश सरकार भूमि कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालन हुने एक गाउँ एक पशु उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र छनौट भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्राविधिक कृष्ण रोकायाले जानकारी दिए । ६ 

वटा गाउँपालिकामा बाख्रा पालन र एउटा गाउँपालिकामा चौरी पालन व्यवसायका लागि पकेट क्षेत्र छनौट गरिएको हो। चौरी पालनका लागि नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी, बाख्रा पालनका लागि सिमकोट गाउँपालिकाको वडा नम्बर ८ को स्याँडा, खार्पुनाथ गाउँपालिकाको लागि वडा नम्बर ४ को छिप्रा, सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ६ को वराई, चंखेली गाउँपालिकाको वडा नम्बर १ रिमी, अदानचुली गाउँपालिकाको वडा नम्बर १ को कल्खे र ताँजाकोट गाउँपालिकाको वडा नम्बर ५ को भरदौना गाउँ छनौट भएका छन् । प्रति पकेट क्षेत्रमा २० लाख बजेटको व्यवस्था गरिएको छ

बाख्रा र चौरी पालनका लागि पकेट क्षेत्र छनौट

ग्यास ट्यांकर विस्फोट हुँदा ६० जना घाइत

बाख्रा र चौरी पालनका लागि पकेट क्षेत्र छनौट

बिकेन खाद्यको चामल

Leave a comment

Your email address will not be published. Required fields are marked *