ग्यास ट्यांकर विस्फोट हुँदा ६० जना घाइत

३ फागुन, इरानसँगको सीमाक्षेत्रस्थित ग्यास ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जना घाइते भएका छन् । अरु धेरै हताहत भएका छन् । अफगानिस्तानको सीमा सहर इस्लाम क्वालामा रहेको भन्सारमा शनिबार भएको यस्तो घटनामा उद्वारका लागि सयौँ स्थानीयहरु सहित ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् ।   

घाइतेमध्ये १७ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । आगलागीले भन्सार भएको स्थानमाथिको आकासमा धुवाँको मुस्लो उठेको छ । घटनास्थलमा घाइतेको उद्वारका लागि २१ वटा एम्बुलेन्स र २० वटा अग्नि नियन्त्रक गाडी खटाइएको पनि बताइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ग्यास ट्यांकर विस्फोटका कारण घटना भएको थियो । सरकारी अधिकारीहरुका अनुसार घटनाबारे पूर्ण विवरण आइसकेको छैन । कतिपय तेलका ट्यांकर चालकहरुको अवस्था के छ भन्नेबारे अधिकारीहरु अनविज्ञ नै छन् । उनीहरुमध्ये केही भागेर विदेश खेलकुद बाँच्न सफल भए वा भएनन् भन्नेबारे खोजी भइरहेको छ । हेरत प्रान्तका गभर्नर वहिद कतालीले छिमेकी इरानका अधिकारीहरु र नाटोका सुरक्षाकर्मीहरुलाई आगो निभाउन तथा आपतकालीन उद्वारका लागि सहयोग मागिएको जानकारी दिएका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *