रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा र कोइराला सहभागी, देउवाद्वारा पौडेलको प्रशंसा

काठमाण्डौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् ।

मङ्गलवार बिहान लैनचौरमा भएको चियापान कार्यक्रममा शेरबहादुर देउवा र शेखर कोइराला सहभागी हुनु भएको हो । नेतृत्वका लागि भएको पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र कोइराला पौडेलको निम्तो मान्न लैनचौर पुग्नु भएको हो ।

पहिलो चरणमा पौडेलले कोइरालालाई आफ्नो समर्थन रहेको बताउनु भएको थियो । दोस्रो चरणको चुनावमा भने कसलाई समर्थन गर्ने भन्नेबारे उहाँले केही सार्वजनिक गर्नु भएको छैन । उहाँले आफ्ना प्रतिनिधिलाई विवेक प्रयोग गर्न आग्रह गर्नु भएको छ । यस्तै, कार्यक्रममा देउवाले पौडेलको प्रशंसा गर्नु भएको छ ।

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा र कोइराला सहभागी, देउवाद्वारा पौडेलको प्रशंसा

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा र कोइराला सहभागी, देउवाद्वारा पौडेलको प्रशंसा

YUGAAWHAN NATIONAL DAILY (2078-8-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *