विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ

काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका करीब डेढ सय शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।

विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ

हुम्लामा साँघु तर्ने क्रममा नदीमा खसेर दुई

विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ

मेरो प्रशंसा गर्दै बनाइएका भिडियोलाई रोक्न लगाइसकें

Leave a comment

Your email address will not be published. Required fields are marked *