कुटपिट मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । कुटपटि मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले हिजो बुधाबार जाजरकोटको शिवालय गाउँपालिका–४ का १९ वर्षिय शुरेन्द्र शाहीलाई पक्राउ गरेको हो ।
उक्त प्रतिवादी लाई सुर्खेत जिल्ला अदालतबाट ५० हजार जरिवना र पाँच महिना १७ दिन जेलसजाय तोकिएको जनाएको छ । भने उनलाई पक्राउ गरि अदालतमा पु¥याउने काम समेत भएको प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।






