‘बोल्ड सीन’को वास्तविकता : कसरी उतारिन्छ पर्दामा ?

एजेन्सी । ओटीटीले फिल्ममा बोल्डनेसको परिभाषा नै परिवर्तन गरिदिएको छ । वेभ सीरिजमा केही इन्टिमेट सीन र गालीगलौज हुनुलाई सामान्य मान्न थालिएको छ । तर, यस्तो सीन फिल्ममा ल्याउन सजिलो भने छैन । न स्क्रीनमा देखाएजस्तै वास्तविकतामा पर्दापछाडि खिचिएको नै हुन्छ ।

वेभ सीरिज र फिल्ममा यति धेरै इन्टिमेट सीन र बोल्ड सीन बनाइन्छ । यसका लागि फिल्ममा इन्टिमेसी कोअर्डिनेटर राख्ने गरिन्छ । जसले फिल्ममा कस्तो सीन दिने भन्ने तय गर्ने गर्छ । फिल्ममा दिइएको सीन ज्यादा अश्लिल नलागोस् र कलाकारलाई समस्या नपरोस् भनेर उक्त कोअर्डिनेटरले फैसला गर्ने गर्छ ।

भारतको सबैभन्दा पहिलो सर्टिफाइड कोअर्डिनेटर आस्था खन्नाले यस विषयमा दिशानिर्देशन तयार पारेकी छन् । उनले भारतीय सञ्चार माध्यम दैनिक भास्करलाई फिल्ममा दिइने बोल्ड सीन र ओटीटी व फिल्मका विषयमा कुराकानी गरेकी छन् ।

इन्टिमेसी र न्यूडिटी देखाउने तरिका

इन्टिमेट सीन र न्यूडिटी सीनका लागि कुनै क्यामेराको विधि र केही एडिटिङको साहाराबाट तयार गरिन्छ । कलाकारको हाउभाउलाई लाइट र आवाजको साहाराले सजिल्यै त्यस्ता सीनहरु तयार गर्न सकिन्छ ।

धेरैजसो यस्ता सीनहरु मोन्टाज प्रविधिबाट तयार गरिन्छ । यसमा कलाकारको अनुहारको हाउभाउ र शरीरको गतिलाई क्लोज–अप लिइन्छ । आवश्यकता अनुसार कलाकारको लो–एंगलको शट लिइन्छ । कलाकारले पहिले नै बताइएको रिदम अनुसार हाउभाउ दिने गर्छन् । सम्पादन गर्ने क्रममा उक्त क्लोज सट र साउन्ड इफेक्टलाई तीव्र गतिमा एकसाथ चलाइन्छ ।

शारीरिक दूरीका लागि प्रोपको प्रयोग

इन्टिमेट सीन गर्ने क्रममा अर्को कलाकारसँग कति शारीरिक दूरी कायम गर्ने कलाकारको आफ्नो इच्छा हुन्छ । इन्टिमेसी कोअर्डिनेटर कलाकारको इच्छाको सम्मान गर्ने गर्छन् । त्यसैले केही एपहरुको उपयोग गरेर यस्ता सीन खिच्ने गरिन्छ । प्रोपमा नरम सिरानी, क्रौच गार्ड, मोडेस्टी गारमेन्ट जस्ता चिजहरुको प्रयोग गर्न सकिन्छ ।

कहिलेकाँही यस्तो सीनहरु गर्दा पुरुष कलाकारहरु पनि सहज महसुस गर्दैनन् ।

थुप्रै वेभ सीरिजहरुमा नाबालिगहरुलाई यौनिक क्रियाकलापमा संलग्न गराइन्छ । केही नाबालिगसँग जबरजस्ती वा एब्यूजिव शब्द प्रयोग गर्न लगाइन्छ । आस्थाले नाबालिगलाई यस्ता सीनहरुमा ल्याउन नै नहुने बताउँछिन् ।

वेभ सीरीज ‘शी’ का निर्देशक अविनाश दासले ‘शी’ र ‘अनारकली अफ आरा’ को समयमा कलाकारलाई फिल्ममा कुन–कुन सीन छ भनेर सुरुमा नै स्पष्ट पारेको बताउँछन् । उनले फिल्ममा हरेक क्षणको बारेमा स्पष्ट पारेको बताए । सेटमा भीड धेरै हुन्छ ।

तर, इन्टिमेट सीनमा निर्देशक, फोटोग्राफीको निर्देशक र फोक्स पुलरले मात्रै सीनलाई नियन्त्रण गर्ने गर्छन् । यस समयमा कुनै पनि असिस्टेन्ट डायरेक्टर पनि उपस्थित हुँदैनन् । यी दुई वेभ सीरिजको समयमा सीन मनिटरलाई पनि हटाइएको थियो ।

‘शी’ को थिम एक महिला प्रहरीले आफ्नो यौनिकता कसरी सम्झिन्छिन् र ‘अनारकली अफ आरा’ मा एक गायिका आफ्नो आत्मसम्मान कसरी बचाउँछिन् भन्ने रहेको छ ।

‘बोल्ड सीन’को वास्तविकता : कसरी उतारिन्छ पर्दामा ?

सेयर बजारले दैनिक नयाँ उचाइ चुम्दै, १७

‘बोल्ड सीन’को वास्तविकता : कसरी उतारिन्छ पर्दामा ?

१६ वर्षपछि भुवन र शिव एउटै फिल्ममा

Leave a comment

Your email address will not be published. Required fields are marked *