युवा संघ सुर्खेतले पायो पूर्णता

सुर्खेत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल सुर्खेत कमिटीले पूर्णता पाएको छ । एमालेका केन्द्रीय सचिवालयका सदस्य कमल खड्का (जुनी) को नेतृत्वमा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

यस्तै कमिटीको वरिष्ठ उपाध्यक्षमा वासुदेव आचार्य, उपाध्यक्षमा विक्रम विक, अमृत बुढा, मोहबहादुर रामजाली, समिर शाही र कटकबहादुर शाही रहेका छन् ।

कमिटीको सचिवमा रमेश खड्का चयन भएका छन् भने सहसचिवमा मनोजकुमार पाण्डे, कमल राना, लेखनाथ बुढा, दिपेन्द्र थाप, दिपेन्द्र शाही नियुक्त भएका छन् । यस्तै कमिटीको कोषाध्यक्षमा नम्रता कार्की नियुक्त भएकी छन् ।

यस्तै जिल्लाका सबै स्थानीय तहमासमेत अध्यक्ष र सचिवको जिम्मेवारी पनि तोकिसकिएको अध्यक्ष खड्काले जानकारी दिए । पालिकाअन्तर्गत र वीरेन्द्रनगर नगरपालिका कमिटीको अध्यक्षमा रामु खत्री र सचिवमा विजय थापा मगर, गुर्भाकोट नगरपालिका कमिटीको अध्यक्षमा शंकर गुरुङ र सचिवमा छवि नेपाली, लेकवेँशी नगर कमिटीमा कसम गाहा र सचिवमा युवराज राना, चिंगाड गाउँ कमिटी अध्यक्षमा लालबहादुर चन्द र सचिवमा मोहन राना, पञ्चपुरी नगर कमिटीको अध्यक्षमा भिमराज बुढा र सचिवमा कमल सिजापती नियुक्त भएका छन् ।

यस्तै चाकुने गाउँ कमिटी अध्यक्षमा कर्ण विष्ट र सचिवमा जनक शाही, बराहताल गाउँ कमिटी अध्यक्षमा उमेश गौतम र सचिवमा जगतबाबु अधिकारी, सिम्ता गाउँ कमिटी अध्यक्षमा वीरेन्द्र सिंह र सचिवमा सूर्य रोकाया र भेरिगंगा नगर कमिटी अध्यक्षमा रमेश शर्मा र सचिवमा सन्दीप पुनमगर नियुक्त भएका छन् ।

यतिबेला नेकपा एमालेको केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद जारी रहेता पनि सुर्खेतमा युवा संघले आफ्नो संगठन सुदृढीकरण अभियान थालेको हो ।

युवा संघ सुर्खेतले पायो पूर्णता

YUGAAWHAN NATIONAL DAILY (2078-04-28)

युवा संघ सुर्खेतले पायो पूर्णता

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *