प्रगतिशिलको अध्यक्षमा भट्ट

बीरेन्द्रनगर  : सुर्खेत नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन क्याम्पस एकाइ समिती,सुर्खेत बहुमुखी क्याम्पस,वीरेन्द्रनगर,सुर्खेतको ११औँ अधिवेशन बुधबार सम्पन्न गरिएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ७ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको अध्यक्षमा भट्ट महेशदत्त तारादत्त,सचिवमा थानेश्वोर लामिछाने,कोषाध्यक्षमा सीता शाही र सदस्यहरूमा क्रमशः भवानीप्रसाद आचार्य,टेकबहादुर वली,उपेन्द्र मल्ल र रिदेश गिरी रहेका छन् । अधिवेशन कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष नेमबहादुर शाहीलाई सम्मान( पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रम सङ्ठनका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार खत्रीको अध्यक्षता र सङ्गठनका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका संयोजक सहप्रा.डा.हर्कबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

विशेष अतिथिको रूपमा संगठनका पूर्व एकाइ अध्यक्ष,म.प.ख का अध्यक्ष तथा केन्द्रिय सदस्य एवम् क्याम्पस प्रमुख माधवप्रसाद खनाल,संगठनका केन्द्रिय सदस्य डा.श्यामलाल मगराती,प्राग्य डा.दीपक गौतम, बेलपत्रनाथ योगी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आजै डा.दीपक गौतमको संयोजकत्वमा राजकुमार शर्मा,लक्ष्मीप्रसाद बास्तोला,सान्ता सुवेदी सदस्य रहेको चार सदस्यीय प्रकाशन समिती समेत गठन गरिएको छ । यो समितिलाई संगठनको मुखपत्र नवगन्तव्यको प्रकाशनको निरन्तरताको जिम्मेवारी दिएको छ । कार्यक्रमको सहजीकरण संगठनका सचिव थानेश्वर लामिछानेले गरेका थिए ।

प्रगतिशिलको अध्यक्षमा भट्ट

विश्वकप दोस्रो  सेमिफाइनलमा आज उपाधि दाबेदार पाकिस्तान

प्रगतिशिलको अध्यक्षमा भट्ट

फाल्गुनन्द जयन्तीले समाज सुधारको अभियानमा लाग्न प्रेरणा

Leave a comment

Your email address will not be published. Required fields are marked *