देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस-२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो ।
आज पनि दिनभर मौसम सफा हुने संभावना रहेकोले चिसो थप बढ्न सक्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए । पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम अत्यन्तै न्युन छ । त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियसमा झरेको छ। यस्तै दोलखाको जिरीमा २ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । देशभरको तापक्रम घट्दो क्रममा रहेकोले चिसोबाट जोगिन महाशाखाले आग्रह गरेको छ ।






