सल्लि-रुकुम-चौहरजारी सडक खण्ड हरिविजोक

दुर्गा विसि 

सल्यान । सल्यान पश्चिम क्षेत्रमा रहेको महत्त्वपूर्ण सडक सल्लिवजार रुकुम चौहरजारी सडक खण्ड ट्र्याक खुलेको १९ वर्ष वित्दै छ । तर वर्षा याममा भने यातायातका साधन सञ्चालनमा निकै कठिनाइ हुने गरेको छ ।

बनगाड खोलामा पुल वने पनि कुमाख गाउँपालिकाको स्यानिपिपलिको मर्म रागेचौर खोलामा पुल नहुदा अर्को सास्ती छ । २०५९र०६० मा सडक ट्र्याक खोलि गाडि सञ्चालन गरिएको थियोे । सडक स्तरवृद्दिको नाममा वर्षनि करोडौं रकम खर्च हुन्छ । टेण्डर पाएका ठेकेदारहरुले सडक ग्रावेलका नाममा ठग्ने मेसो वाहेक अरु केही नभएको स्थानीय आरोप छ ।

सो सडक रुकुम चौहरजारी सडक डिभिजनका जिम्मा दिदा झन हरिवेजोक भएको छ । सडक डिभिजनले भएका र हुदै गरेका कामकाजमा रेखदेख तथा तदारुकता समेत दिन छाडेको छ ।सल्लिवजार अघि बन्दै गरेको ५ किमि पिचको काम समेत हाल लथालिङ्ग अवस्थामा छ ।

सडक पिच हुदै अघि वढेको छ भने सुरु पोइन्ट देखि सडक भत्तकिदै समेत जान थालेको छ ।यतिखेर सल्लिरुकुम चौहरजारी सडक खण्डको सवारीसाधनको यात्रा भने निकै कष्टकर छ ।ठाउँ ठाउँमा गाडि हिलोमा फस्ने गरेका छन् । वर्षादमा हिलाम्मे सडक र सुख्खा याममा धुलाम्मे सडक देखि यहाँका नागरिक आजित छन् ।

चौहरजारी सडक खण्डको तल माथि मनपरि स्थानीय सडक खन्ने,भएका होम पाइप थुन्नेर खोला सडकमै हिडाउदा समेत सडकका कर्मचारी र प्रशासनले वास्ता नगरेको पाइन्छ ।धेरै ठाउँमा होम पाइपहरु थुनिएको छ ।खोला सडकमै हिडाएको छ भने सम्बन्धि निकाय मुख दर्शक वनेको प्रष्टै देख्न सकिन्छ ।

डिभिजन कार्यालय रुकुम पश्चिम चौहरजारिले उक्त सडक प्रति जवाफ देहि नभएको जनप्रतिनिधिहरुको समेत गुनासो रहेको छ । यतिखेर शितल नेटा आसपास क्षेत्रमा हिलोमा गाडी फस्दा घण्टौ समय लाग्ने गरेको यातायात व्यवसायीको गुनासो छ ।

सडक वनेको १९ वर्षसम्म पनि सडक सुधार हुन सकेन ।यो सडकमा वजेट विनियोजन भएको संघ र प्रदेश सरकारबाट आउने पजेट सिलिङले सामाजिक सञ्जाल भरिन्छन तर काम भने फत्ते कहिल्यै नभएको देखिन्छ ।

सल्लि-रुकुम-चौहरजारी सडक खण्ड हरिविजोक

३६ वर्ष पुगिन् ज्याकलिन, यस्तो छ उनको

सल्लि-रुकुम-चौहरजारी सडक खण्ड हरिविजोक

ईशा देओलले देखाइन् ११ वर्ष पुरानो ट्याटु

Leave a comment

Your email address will not be published. Required fields are marked *