अस्थिरताबाट उम्किएन ‘एमयू’ स्वार्थले कसियो समाधान गाँठो

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, क्रान्तिकारी अनेरास्ववियु र अखिल (छैटौं) एक महिनादेखि अन्दोलनमा छन् । विभिन्न १८ वुंदे माग राखेर आन्दोलन थालेका विद्यार्थीले पाँच दिनदेखि अनिश्चितकालका लागि आमरणअनसन नै थालेका छन् ।

अनलाइन माध्ययबाट परीक्षा हुनुपर्ने विद्यार्थीहरुको मुख्य माग छ । अनलाइनबाट परीक्षा दिने र पास हुने आन्दोलनरत विद्यार्थी मुख्य स्वार्थ छ । एमयूकै प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघ दुई हप्तादेखि आन्दोलनमा छन् । सम्पूर्ण आंशिक प्राध्याकलाई करार तथा करार प्राध्यापकहरुलाई सिधै स्थायी गर्नुपर्ने र प्राध्यापक विश्वनाथप्रसाद यादवको पुनर्वहाली प्राध्यापकहरुको मुख्य माग हो । उनीहरुको मुख्य स्वार्थ जागिर जोगाउन छ ।

विद्यार्थी र प्राध्यापकहरुको यही मागका कारण १९ दिनदेखि विश्वविद्यालय अस्तव्यस्त छ । प्रशासन र क्याम्पसहरुमा तालाबन्दी छ । कोरोनाका कारण एक बर्ष पछाडि धकेलिएका मौका र वार्षिक परीक्षाहरु रोकिएका छन् । विद्यार्थी संगठनका नेता र प्राध्यापकको यही स्वार्थका कारण दुई हजारबढी विद्यार्थीको भविष्य अन्यौलमा छ ।

आन्दोलरतको विद्यार्थीको शैली पनि स्वभनिय छैन । साउन १३ गते उपकुलपतिको निवासमा भएको तोडफोड र १९ गते संयुक्त विद्यार्थी संगठनले उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको कुकुर तस्विरले कुकुरको शरिर छोपेर गरेर गरेको विरोध पर्दशनले विद्यार्थीहरु अराजक छन् भन्ने पुष्टि गर्छ ।

आन्दोलनरत पक्षबाटै साउन २३ गते विश्वविद्यालयको लेटरप्याड र हस्ताक्षरको दुरुपयोग गर्दै उपकुलपतिको मृत्यु खबर फैलाएको छ । यद्यपी यो समूहको पहिचान भइसकेको छैन । तर आन्दोलन विद्यार्थीभने आन्दोलन तुहाउने उद्देश्यले उपकुलपतिको मृत्युको खबर फैलाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले विश्वविद्यालय प्रशासनको कमजोरी र आन्दोलन तुहाउनकै लागि उपकुलपतिको गलत सन्देश फैलाइएको दाबी गरेको छ ।

तर विश्वविद्यालयले भने आन्दोलनरत पक्षका मुख्य माग सम्बोधन गर्न नसकिने जनाइ सकेको छ । विद्यार्थीहरु वार्तामा नआए अगाडि बढ्ने विश्वविद्यालयको चेतावनी छ । ‘अनलाइनबाट परीक्षा, करारलाई स्थायीय र आंसिकलाई करार गर्न नसकिने विश्वविद्यालय प्रशासनले जनाएको छ ।

आन्दोलनरत पक्षको यही स्वार्थ र पदाधिकारीको अटेर शैलीका कारण विश्वविद्यालयको अस्तिरताबाट उम्किन सकेको छैन । स्थापनाको ११ बर्ष पुग्दा पनि शैक्षिक गुणस्तर कायम विश्वसनिय बन्न सकेको छैन । बारम्बार हुने आन्दोलनले विद्यार्थीको आकर्षण घट्दो छ । नागरिकले चन्दा संकलन गरेर स्थापना गरेको विश्वविद्यालयले गति लिन सकेको छैन । विश्वविद्यालयमा हुने अराजक गतिविधिका कारण चन्दादाता पनि निराश छन् ।

‘वार्ता र सम्वादबाटै समाधान खोजौं’

यता सुर्खेतका राजनीतिक दलहरुले भने वार्ता र सम्बादबाट समस्या समाधान गर्नुपर्ने बताउँछन् । ‘आन्दोलन गर्नेका आ–आफ्नै मागहरु होलान तर विश्वविद्यालयलाई सधैभरी आन्दोलन भइरहने थलो बनाउनु हुँदैन, तत्काल वार्ता र सम्वादबाट समाधान खोजिनुपर्छ’ नेकपा (एमाले) सुर्खेतका अध्यक्ष धु्रवकुमार शाही भन्छन्, ‘विद्यार्थी, प्राध्यापक र पदाधिकारीले विश्वविद्यालयको भविष्यलाई पनि सोच्नुपर्छ ।’ विश्वविद्यालय स्थापित भइनसकेको भन्दै उनले जाहेज मागहरु सम्बोधन गर्नुपर्ने र पुरा गर्न नसकिने मागहरु आन्दोलनरत पक्षलाई बुझाउनुपर्ने बताउँछन् ।

नेपाली कांग्रेस सुर्खेतले पनि आन्दोलनरत पक्षका जाहेज मागहरु वार्ता र सहमतिबाट समाधान खोजिनुपर्ने बताएको छ । ‘जहाँबाट समस्या देखिन्छ, त्यहीबाट समाधान खोजिनुपर्छ’ नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी भन्छन्, ‘विश्वविद्यालयलाई कस्तो बनाउने भन्नेमा पदाधिकारी नै बढी जिम्मेवारी हुनुपर्छ ।’ पछिल्लो समय देखिएको समस्या भने पदाधिकारीकै कारण भएको उनको तर्क छ । ‘विश्वविद्यालयले समस्या समाधानका लागि दलसँग अहिलेसम्म समन्वय हुन सकेको छैन’ उनले भने, ‘समस्या समाधानमा विश्वविद्यालय गम्भीर छैन ।’

यस्तै माओवादी केन्द्रले पनि नेतृत्व तहले वार्ता र सम्वादबाटै समाधानको विकल्प खोज्नुपर्ने बताएको छ । ‘समस्या समाधानको विकल्प हो नै वार्ता हो’ माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी भन्छन्, ‘विश्वविद्यालय र आन्दोलनरत दुबै पक्ष वार्ताका लागि तयार हुनुपर्छ ।’ विश्वविद्यालयको मूल नेतृत्वका कारण अहिलेको समस्या उब्जिएको उनको तर्क छ ।

‘नेतृत्वले नै नियम र कानून आफू अनुकुल प्रयोग गर्न खोजेको देखिन्छन्’ उनी भन्छन्, ‘विरोधीलाई सिध्याउने र आफ्नालाई संरक्षण गर्ने नेतृत्वकै कारण समस्या उब्जिएको हो ।’ विश्वविद्यालय स्थापनार्थ लागेको राजनीतिक दल र बौद्धिक शक्तिलाई विश्वविद्यालयले बेवास्ता गरेको उनको दाबी छ । अहिलेको नेतृत्वले उपलब्धिहरु सार्वजनिक गर्न नसकेका कारण पनि थप समस्या बल्झिएको माओवादीको तर्क छ ।

‘विश्वविद्यालय गम्भीर भएन’

यता विद्यार्थी संगठनहरुले भने विश्वविद्यालय नै समस्याको समाधान खोज्न नचाहेको बताएका छन् । ‘हामीले पुरा नहुने माग राखेको छैनौं तर विश्वविद्यालयले मागहरु सम्बोधन गर्ने पक्षमा छैन’स्ववियू सभापति झक्कबहादुर शाही भन्छन्, ‘अहिलेसम्म विश्वविद्यालय प्रशासनले वार्ताका लागि पहल नै गरेको छैन ।’

विश्वविद्यालले वार्ताका लागि साउन ८ गते काटेको पत्र पनि सामाजिक सञ्जालबाटै थाहा पाएको उनको जिकिर छ । ‘आन्दोलन थालेको एक महिना भइसकेको छ अहिलेसम्म वार्ताका लागि बोलाएको छैन’ उनले भने, ‘अनौपचारिक वार्तामा पनि पदाधिकारीहरु मागको सम्बन्धमा प्रवेश नै गर्नु चाहानुहुन्न ।’ पदाधिकारीहरु वार्ता बस्न नचाहेकै कारण समस्या लम्बिदै गएको उनको जिकिर छ । रिले अनसनलाई बेवास्था गरे छिट्टै उपकुलपतिको राजीनामा माग्न बाध्य हुने शाहीले बताए ।

तर आन्दोलनरत अखिल छैटौंले भने उपकुलपति हटाउनकै लागि आन्दोलन गरिएको दाबी गर्दछन् । ‘सरकार परिवर्तन भएपछि अब उपकुलपति पनि परिवर्तन हुनुपर्छ’ अखिल छैटौंका कर्णाली प्रदेश संयोजक हरि बुढाले भने, ‘मागहरु जे राखिए आन्दोलनको मुख्य उद्देश्य नै उपकुलपति हटाउनु नै हो ।’ उपकुलपतिलाई हटाउनकै लागि विद्यार्थीलाई आन्दोलन गर्न बाध्य पारिएको उनको जिकिर छ ।

‘अर्काे उपकुलपति भए विद्यार्थी नेताहरुले पार्टटाईमा जागिर खान पाउँथे, भागबण्डाका आधारमा जागिर पाउँथे’ उनले भन्छन्, ‘अहिलेको उपकुलपतिले सबै बन्द गरिदिएपछि विद्यार्थीहरुलाई आन्दोलनमा उतारिएको हो ।’ पाँच दलिय गठबन्धनका कारण अखिल छैटौं पनि आन्दोलनमा होमिन बाध्य भएको उनको दाबी छ ।

‘भ्रष्टाचारीहरुका कारण समस्या आएको हो’

यता मध्यपश्चिम विश्वविद्यायले भने विश्वविद्यालयमा भ्रष्टाचार गरी खानेहरुका कारण समस्या समस्या उब्जिएको बताउछ । ‘विश्वविद्यालयको वेरुजु घटाउने काम गर्दा, प्रक्रिया पूरा नगरेका व्यक्तिलाई कसैको दबाबमा नियुक्ति नदिने प्रतिवद्धताअनुसार अघि बढ्दा, नपढेका विद्यार्थीलाई उत्तीर्ण नगर्दा ममाथि श्रृंखलावद्ध आक्रमण भइरहेको छ’ उपकुलपति प्राडा नन्दबहादुर सिंहले भने, ‘अहिलेको समस्या यही नै हो ।’

विश्वविद्यालयमा सकारात्मक परिवर्तनका लागि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने शैली अपनाएका कारण केही व्यक्ति यसको विरुद्धमा उत्र्तिएको उनको दाबी छ । शनिबार मृत्युको खबर पनि त्यही समूहले गरेको उपकुलपतिको अनुमान छ । उपकुलपतिको मृत्युको गलत खबर बनाउने बिरुद्ध साइबरर क्राइम गर्ने उपर मुद्दा हाल्ने विश्वविद्यालयले जनाएको छ ।

अस्थिरताबाट उम्किएन ‘एमयू’ स्वार्थले कसियो समाधान गाँठो

कोरोनाका ३४ सय बढी संक्रमित थपिए, ३०

अस्थिरताबाट उम्किएन ‘एमयू’ स्वार्थले कसियो समाधान गाँठो

YUGAAWHAN NATIONAL DAILY (2078-04-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *