कांग्रेस महाधिवेशन उद्घाटनमा ओली पनि सहभागी

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन्।
ओली कार्यक्रममा करिब आधा घण्टा ढिलो गरी उपस्थित भएका हुन्। उद्घाटन समारोहमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विजयकुमार गच्छेदार, विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, डा। शेखर कोइरालालगायत नेता उपस्थित भइसकेका छन्।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेता उद्घाटन समारोहमा उपस्थित भएका छन्।






