काठमाडौंको चमतीबाट भालुको पित्तसहित चार जना पक्राउ

काठमाडौं  : प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार)सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पा माथागढी गाउँपालिका(५ सत्यावतीका २० वर्षीय विशाल सुनारी, पश्‍चिम रुकुम मुसीकोट नगरपालिका(१० खड्काटोलका ४६ वर्षीय हरिबहादुर खड्का, तानसेन नगरपालिका(१० गाबुडाँडाका ३२ वर्षीय टोप बहादुर राना र चन्द्र निगाहापुर नगरपालिका  ५ मंगलपुर दोभानटोलका २९ वर्षीय धनबहादुर विश्वकर्मा रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका(१५ चमतीबाट संरक्षित वन्यजन्तु भालुको पित्तसहित ब्‍युरोले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा पठाइएको ब्‍यूरोले जनाएको छ ।

काठमाडौंको चमतीबाट भालुको पित्तसहित चार जना पक्राउ

भारतमा थप आठ हजार ५०३ जना कोरोना

काठमाडौंको चमतीबाट भालुको पित्तसहित चार जना पक्राउ

कांग्रेस महाधिवेशन उद्घाटनमा ओली पनि सहभागी

Leave a comment

Your email address will not be published. Required fields are marked *