नेशन र ममताले गाए ‘तिमी मेरो जीवनमा’

सुधीर श्रेष्ठ र सुशीला थापा अभिनित रोमान्टिक गीत ‘’तिमी मेरो जीवनमा’ सार्वजनिक भएको छ । भावसागर इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा सुधीर र सुशीला प्रेम जोडीको रुपमा देखिएका छन् ।
नेशन पुन र ममता गुरुङको स्वर गीतमा छ । नेशन पुन र ममता दुवै ‘नेपाल आइडल सिजन ३’मा प्रतियोगी हुन् । गीतमा अम्बिका गुरुङको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र सन्देश रुचालको संगीत संयोजन रहेको छ ।

निशान घिमिरेको निर्देशन, म्याग्दीको राखु भन्ने ठाउँमा खिचिएको भिडियोमा निशल पौडेलको छायाँकन छ । भिडियो भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट बाहिर आएको हो ।

नेशन र ममताले गाए ‘तिमी मेरो जीवनमा’

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *