नाडाको अध्यक्षमा थापा निर्वाचित

काठमाण्डौ : अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ ।

करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले एक हजार चार सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार तीन सय ४७ मत प्राप्त गर्नुभएको छ ।

कुल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार चार सय ६३, मिलनबाबु मल्ल एक हजार चार सय ६५, राजनबाबु श्रेष्ठ एक हजार चार सय ५७, सुरेन्द्रकुमार उप्रेती एक हजार चार सय ३२, सुनिल रिजाल एक हजार चार सय दुई, अभिक ज्योति एक हजार तीन सय ८३, प्रकाश कपुरी एक हजार तीन सय ७९, विक्रम सिङ्घानियाले एक हजार तीन सय ७१ र गोपाल भट्टराईले एक हजार तीन सय ६५ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै, नीलमणि पाठक एक हजार तीन सय ५४, वरदान बस्नेत एक हजार तीन सय ५० र पङ्कज अग्रवालले एक हजार तीन सय ३४, निराकर श्रेष्ठ एक हजार तीन सय ६४, यमुना श्रेष्ठ एक हजार तीन सय ५५, कपिल शिवाकोटी एक हजार तीन सय ४८, प्रदीपमान प्रधान एक हजार तीन सय ४६ र आकाश गोल्छा एक हजार तीन य ३९ मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।

कुल तीन हजार दुई सय सदस्य रहेका नाडामा दुई हजार सात सय ८८ मात्र मत खसेको थियो । यसअघि, संस्थागत सदस्यतर्फ सातै प्रदेशमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

नाडाको अध्यक्षमा थापा निर्वाचित

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *