प्रचण्डलाई ओलीको कटाक्ष : तपाईंको आगो एक बाल्टी पानीले निभाएको सम्झना होस्

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले प्रचण्डलाई भने, ‘सत्ता परिवर्तन हुनेबित्तिकै सत्तापक्षका नेताहरुले भन्नुभयो। होसियार ! म आगो हुँ मसँग नखेल नत्र मलाई थाहा छ। उहाँहरुले देशमा लगाएको डढेलो मलाइ थाहा छ।

तर, एकदुई बाल्टीले निभाएको याद गर्नुहोस्। त्यस्तो आगो निभाउन हामीलाई पनि आउँछ। यस्ता आगो निभाउन पानी खन्याउनु पर्छ, पानी।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेलामा बोल्दै प्रचण्डले ओलीलाई आफू आगो भएको र आगोसँग नखेल्न चेतावनी दिएका थिए।

अलोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि प्रतिपक्षीलाई म आगो मसँग नखेल भनेर धम्की दिन थालेको ओलीले बताए। पाँच दलीय गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रतिपक्षीलाई गाली गरेर राष्ट्रिय सहमति जस्तो बनाएर सडकमा बाँडेको तर्क गरे।

सत्तापक्षकै दम्भको कारणले प्रतिपक्षीसंग संवादहीनताको अवस्था रहेको उनको भनाइ छ। सत्तापक्षले आफूलाई संसद छलेको भनेर पटक पटक प्रश्न उठाउने गरेको भन्दै ओलीले सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम संसद छलेर बाहिर प्रस्तुत गरेको टिप्पणी गरे।

प्रचण्डलाई ओलीको कटाक्ष : तपाईंको आगो एक बाल्टी पानीले निभाएको सम्झना होस्

जुम्लाबाट काँचो स्याउ निर्यात, पहिचान नै गुम्ने

प्रचण्डलाई ओलीको कटाक्ष : तपाईंको आगो एक बाल्टी पानीले निभाएको सम्झना होस्

ब्रेन ट्युमरको कारण भारतीय अभिनेत्री सरन्या शशिको

Leave a comment

Your email address will not be published. Required fields are marked *