विवाह बन्धनमा बाँधिदै कट्रिना र विक्की

काठमाडौं : बलिउडकी चर्चित नायिका हुन् कट्रिना कैफ । उनी केहि दिन देखि निकै चर्चामा छिन् । कैफ आज विवाह बन्धनमा बाँधिदै छिन् ।
त्यसैले आजभोली कैफ निकै चर्चामा छन् । कट्रिना कैफ जससँग बिहे गर्न लागेकी छिन् उनी पनि बलिउडका निकै ठूला अभिनेता हुन् । जसको नाम हो विक्की कौशल । उनी बीच
कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ। उनले यात्रा,सुरक्षा, पाहुनासम्बन्धि खर्च हेर्नेछिन्। अर्कोतर्फ विक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन्। विवाह समारोहमा सरिक हुन बलिउड हस्तिहरु माधोपुर पुगिसकेका छन् ।
विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’ लगाइनेछ ।
यस्तो गरेपछि पाहुनाले भित्र कुनै पनि प्रकारको फोटो र भिडियो खिच्न पाउने छैनन् । स्रोतलाई विश्वास गर्ने हो भने यदि कसैले स्टिकर निकाल्ने कोसिस गरेको खण्डमा उनीहरुमाथि कानुनी कारवाहीसमेत हुनसक्छ ।






