रामचन्द्रलाई सभापतिको साझा उम्मेदवार बनाउने इतरपक्षको निर्णय

काठमाडौं : कांग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन सहमति जुटाएको हो।

युवानेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।

छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन्। अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायत नेताहरू शेखर कोइरालालाई भेट्न गएका छन्।

पौडेललाई सभापतिका अर्का आकांक्षी शेखर कोइरालले पनि समर्थन गर्ने बताएका छन्। आजै बिहान पौडेलनिवास बोहोराटार पुगेर शेखर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा पौडेललाई आफ्नो समर्थन हुने बताएका हुन्।

रामचन्द्रलाई सभापतिको साझा उम्मेदवार बनाउने इतरपक्षको निर्णय

त्रिभुवन विमानस्थलमा निःशुल्क सटल बस सेवाले यात्रुलाई

रामचन्द्रलाई सभापतिको साझा उम्मेदवार बनाउने इतरपक्षको निर्णय

परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त

Leave a comment

Your email address will not be published. Required fields are marked *