नेपाली कांग्रेस बझाङको सभापतिमा बोहरा विजयी

बझाङ । नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट बोहराले देउवाकी श्रीमती आरजु राणानिकट रमेश भण्डारीलाई पराजित गरेका हुन् ।

असोज १७ गते सम्पन्न हुने नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन तथा मतदान प्रमुख मतदान अधिकृत नै गायब भएपछि स्थागित भएको थियो । केन्द्रले नयाँ मतदान अधिकृत खटाएपछि २१ गतेबाट मतदान सुरु भएको हो। बोहराले ८७७ मत ल्याएर विजयी भएका हुन् ।
भण्डारीले ५०८ मत प्राप्त गरेका छन्। कुल एक हजार पाँच सय ९८ जना मतदाता रहकोमा एक हजार चार सय पाँच मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ । २० मत बदर भएका छन् ।






