२०८३ असार २ गते
×

Now Playing

दुई छोराको हत्या गरी आत्महत्या

जनकपुरधाम । धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ नगराइन नगरपालिका(७ फुलगामाकी २४ वर्षीया गुडिया साहले छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई घाटीमा डोरीले बाँधी कसेर हत्या गरेको छ।

दुवै नाबालक छोराको हत्यापछि आफू पनि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाका वेला गुडियाका पति गुरुदेव साह कामको सिलसिलामा जनकपुरमा थिए।

डिएसपी बस्नेतका अनुसार प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको छ। तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई छोराको हत्या गरी आत्महत्या

झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत

दुई छोराको हत्या गरी आत्महत्या

खाद्यले प्रतिकिलो ६४० रुपैयाँमा खसी बोका बिक्री

Leave a comment

Your email address will not be published. Required fields are marked *