झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला

झापा : झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला परेका छन्। नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले ‍कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

करिब २५ वर्षीय सरोज भद्रपुर नगरपालिका–८ स्थित पुरानो विदुर बोर्डिङ स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए। उनी मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका हुन्। उनको श्रीमती पनि प्रहरीमा कार्यरत छन्। उनी श्रीमती र नानीसँग त्यही बस्दै आएका थिए।

मृतकका दिदी मालाले घटना शंकास्पद भएको बताएकी छन्। भाइ झुन्डिएको हेर्दा खुट्टा भुइँमै छोएको र कोठाका सरसामान छरपस्ट देखिएकाले घटना शंकास्पद भएको उनले बताइन्। घटनाको विषयमा प्रहरीमा उजुरी दिने तयारी पनि भइरहेको उनले बताइन्।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए। ‘अहिले नै केही भन्न मिल्दैन, हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘हाम्रै कर्मचारीको मृत्यु भएकाले घटनाको विषयमा अनुसन्धान थालिसकेका छौँ।’

परिवारजनको उपस्थितिमा शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको उनले बताए।

झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला

ईपीएल फाइनल : चितवनविरुद्ध पोखरा ब्याटिङमा

झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला

दुई छोराको हत्या गरी आत्महत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *