संकटको बाटो नरोज

पछिल्लो दुई हप्ता देशभर कोरोना संक्रमण पुनः बढेको छ । अन्य क्षेत्रमा जस्तै कर्णाली प्रदेशमा पनि संक्रमण बढ्दो छ । संक्रमतिको संख्या दिनप्रतिदिन उकालो लाग्दो छ ।

अस्पतालमा जटिल प्रकृतिका संक्रमित थपिदै गएका छन् । संक्रमण सुरक्षा मापदण्ड पालनमा खडाई गरिएको छ । कर्णाली सबै जिल्लामा प्रशासन कार्यालय र प्रहरीले तपाइको मास्क खोई अभियान नै चलाएका छन् । आइतबारदेखि मास्क नलगाउने नागरिकलाई कारबाही नै गरिएको छ ।

तर पनि संक्रमण घटेको छैन । पछिल्लो दुई हप्ताको संक्रमण दरलाई हेर्दा पुनः निषेधाज्ञा हुने सम्भावना बलियो छ । संक्रमण बढेपछि कक्षा १२ को परीक्षा स्थगित भइसकेको छ । तर कुखुलो निषेधाज्ञाका कारण संक्रमण रोकिएको छैन ।

पछिल्लो संक्रमण र मृत्यु दरलाई हेर्दा निषेधाज्ञा हुने समय नजिकिंदै छ । पुनः संक्रमण फैलिने जोखिम भइरदा यसबाट बच्ने उपायहरुको उत्तम विकल्पबारे सरकारले खासै चासो दिएको छैन । कोरोनाबाट बचाउने उपाय कोरोना बिरुद्धको खोप हो । तर कर्णाली प्रदेशमा भने कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी बन्न सकेको छैन ।

अभियान सुरु भएको करिव ६ महिना पुगिसक्दा पनि करिव ७७ हजार नागरिकले मात्रै पूर्ण खोप पाएका छन् । अन्य प्रदेशको तुलनामा कर्णालीमा खोप अभियान सुस्त छ । झण्डै १२ लाख बढी नागरिकले खोप कहिले पाउने भन्ने निश्चित भएको छैन । खोप अभियानको प्रगति हेर्दा अझै बर्षदिनसम्म कर्णालीका नागरिकले खोप पाउने सम्भावना न्यून छ ।

अब आउन सक्ने कोरोनाको तेस्रो भेरियन्ट अझै जोखिम छ । तर त्यसमा सरकारको पूर्वतयारी कमजोर छ । सरकारले कोरोना नियन्त्रणका लागि लाखौं बजेट खर्च छुट्याएको छ । तर त्यसको सही सदुपयोगमा सरकारको ध्यान पुग्न सकेको छैन । तसर्थ अब तेस्रो भरियन्टलाई ध्यानमा राख्दै सरकारले तत्काल खोपको व्यवस्थापन गर्नु जरुरी छ ।

किनकी कोरोनाबाट नागरिकलाई बचाउने विकल्प खोप नै हो । तसर्थ आगामी दिनमा आउन सक्ने संकटलाई ध्यानमा राख्दै नागरिकलाई खोप लगाउने वातावरण बनाऊ । स्थानीय, प्रदेश र केन्द्र सरकारले कोरोना बिरुद्धको खोपलाई प्राथमिकतामा देऊ । खरिददेखि खोप अभियानसम्म समन्वय गरे । तीन वटै सरकारले महामारीसँग जुध्न सहकार्य गर । कोरोना नियन्त्रणका स्वास्थ्य मापदण्डको पालन गर्ने र गराउन लाग । तर पुनः संकटको बाटो नरोज ।

संकटको बाटो नरोज

नेपाल महिला संघकाे ७४औं स्थापना दिवस सुर्खेतमा

संकटको बाटो नरोज

संचारमैत्री कानुन ल्याउने प्रतिवद्धता

Leave a comment

Your email address will not be published. Required fields are marked *