नेपाल महिला संघकाे ७४औं स्थापना दिवस सुर्खेतमा पनि मनाइयाे

सुर्खेत । नेपाल महिला संघ सुर्खेतले ७४ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्याक्रमको आयोजना गरि मनाएको छ ।
कार्याक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले महिला र पुरुष दुवैले एक अर्कालाई सहयोग गरि अघि वढ्नु पर्ने बताएका छन् ।

उनले पुरुष सरह महिलाहरुको पनि उत्तिकै योगदान र भुमिका रहेने बताएका छन् । गाउँ पालिका अध्यक्ष बस्नेतले पछिल्लो समयमा महिलाहरु पनि राजनीतिमा नेतृत्व तहमा आएको बताएका छन् ।
नेपाल महिला संघ सुर्खेतकि अध्यक्ष पार्वती गिरीले मुलुकमा भएको राजनीतिक परिर्वतनमा महिलाहरुको योगदान रहेको बताएका छन् । नेपाल महिला संघ स्थापना नेपाली महिलाहरुकालागि राजनीतिमा कोषेढुंगा भएको बताइन ।
चुलो चौकामा मात्र सीमित महिला राजनीतिमा परिवार तथा आफ्न्तलाई सहयोगी मात्र रहेका नेपाली महिलाहरु राजनीतिक रुपमा संगठीत भएपछि महिलाहरुले राजनीतिक परिवर्तनका आन्दोलनमा सकृय भएर गौरवशाली जिम्मेवारी बहन समेग गरेको उनले बताइन ।






