तरुण दल सचिवकाे पहलमा अति विपन्न घरपरिवारलाइ राहत वितरण

दुर्गा विसि

सल्यान : लकडाउनमा काम नपाए पिल्सिएका बनगाड कुपिण्डे नगरपालिकाका वडा १ घाटगाउँका १६ घरधुरीलाई तरुण दल सचिव कमल पुनकाे अग्रसरतामा राहत वितरण गरिएकाे छ ।
घाटगाउँ टाेलका गरिव अतिविपन्न घरपरिवार ,विहान वेलुकाकाे गासकाे जाेह हुन नसकेका र एकल महिलाहरुलाई अभियानबाट उठेको रकमले राहत बितरण गरिएको छ ।उक्त वस्तिका १६ घर धुरिलाइ आज राहत बितरण गरिएको तरुण दलका बनगाड कुपिण्डे नगर सचिव कमल पुनले वताए ।
राहत बितरणमा दाल चामल तेल र नुन बितरण गरिएको छ ।राहत बितरणका लागि विभिन्न निकायबाट उठेको रकमले पुर्ण सद्पयाेग भएको जनाएको छ ।साथै याे सहयोगमा हातेमालो गर्ने सबैलाई धन्यवाद दिएको छ । घाटगाउ र पुल वजारका १६ घरधुरिलाका अति विपन्न परिवारलाई २५ केजि चामल,दाल,नुन र तेल वितरण गरिएको छ ।
अभियानमा उठेको २४ हजार ४ सय ६० रुपैयाँ वराबरकाे राहत रकमबाट प्रहरीकै राेवहरमा वितरण गरिएको छ ।करिव डेढ महिनाकाे लामाे लकडाउनमा राेजगारि नपाए तड्पिएका नागरिकलाई पहिलो प्राथमिकता पारेको जनाएको छ ।
यस्तै महान कार्यमा सहयोग पुर्याउन अझै अपिल समेत गरिएको छ ।मनकारि पुनकाे अभियानमा १६ घर परिवारलाई यसले राहत दिएको छ । कमल पुन जस्तै अन्य पार्टीका भातृसंगठनहरुले सिकाे गरे झनै राम्रो हुने हाे ।






