४ हजार ३४४ संक्रमित थपिए, ८१ जनाको मृत्यु

काठमाडौं । देशभर गत २४ घण्टामा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी एन्टिजेन विधिमार्फत ४ हजार ५६८ जनाको परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण पाैडेलका अनुसार काठमाडौं उपत्यकामा मात्रै ९ सय १५ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका ६७९, ललितपुरका १५१ र भक्तपुरका ८५ जना छन्।

यससँगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ । तीमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामै ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाका कारण गत २४ घण्टामा मृत्यु हुनेको संख्या ८१ रहेको छ । यससँगै कुल मृतकको संख्या ८ हजार एक सय ७९ पुगेको प्रवक्ता पाैडेलले बताए ।

आज सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ मा झरेको छ। तीमध्ये होम आइसोलेसनमा ७४ हजार ४३८ जना र संस्थागत आइसोलेसनमा ५ हजार ८९८ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ३१२ जना आइसियु र ३ सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आज क्वारेन्टाइमा ६ सय ३४ जना रहेका छन् ।

४ हजार ३४४ संक्रमित थपिए, ८१ जनाको मृत्यु

‘युवालाई गाउँमै रोजगारी दिनेगरी बजेट ल्याउँदैछौं’

४ हजार ३४४ संक्रमित थपिए, ८१ जनाको मृत्यु

तरुण दल सचिवकाे पहलमा अति विपन्न घरपरिवारलाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *