‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

एजेन्सी । विश्वकै प्रख्यात मेडिकल जर्नल द ल्यान्सेटले कोरोना महामारी नियन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदासीनतामाथि कटू आलोचना गरेको छ।

एक सम्पादकीयमा सो म्यागेजिनले यतिखेर मोदी कोरोना भाइरस नियन्त्रणभन्दा पनि ट्वीटरमार्फत आफ्ना आलोचकलाई दबाउन लागिरहेका लेखेको छ। उनले कोरोना महामारीभन्दा आलोचकमाथि काबू पाउन समय खर्चिरहेको जर्नलले आरोप लगाएको छ ।

जर्नलको सम्पादकीयमा लेखिएको छ, यस्तो मुस्किल समयमा पनि मोदी आफूमाथिको आलोचना दबाउन लागिपरेका छन्, उनको यस्तो कोशिश माफीको लायक नै छैन ।

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक एण्ड इभ्याल्यूएशनले आगामी अगष्ट १ तारिखसम्म भारतमा कोरोना संक्रमणपश्चात् ज्यान गुमाउनेको संख्या कम्तिमा १० लाख पुग्नसक्ने अनुमान गरिसकेको छ।

सुरुवाती चरणमा केही सफल भएपनि अप्रिल यता सरकारी टास्क फोर्स एकपटक पनि नजागेको सो जर्नलले लेखेको छ ।

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

बारीमै कुहिन थाले गोलभेंडा

Leave a comment

Your email address will not be published. Required fields are marked *