पाकिस्तानका ७० प्रतिशत संक्रमितमा कोरोनाको बेलायती भेरियन्ट

एजेन्सी |  बेलायतमा फेला पारिएको कोरोना भाइरसको भेरियन्ट (युके भेरियन्ट) पाकिस्तानमा पनि तीव्रतर फैलिएको छ । पछिल्लोपटक त्यहाँ पहिचान गरिएका संक्रमितमध्ये ७० प्रतिशतमा यो भेरियन्टको भाइरस संक्रमण भएको पाइएको छ।

त्यहाँ कोरोना महामारीबारे अध्ययन गरिरहेको एक अनुसन्धान केन्द्रले देशभर फेला पारिएकामध्ये ७० प्रतिशत मामिला बेलायती भेरियन्टकै रहेको पाइएको जानकारी दिएको हो।

कराँची विश्वविद्यालयको इन्टरनेशनल सेन्टर फर केमिकल एण्ड बायोलोजिकल साइन्सेज (आइसीसीबीएस) का निर्देशक डा. मोहम्मद इकबाल चौधरीले भनेका छन्, पाकिस्तानमा अहिले ७० प्रतिशतसम्म संक्रमण युके भेरियन्टबाट भएको पाइएको छ ।

आइसीसीबीएसले कारोना भाइरसको नमूनामाथि अध्ययन गर्छ र शोधका आंकडा सरकारलाई उपलब्ध गराउने गर्छ ।

कोरोनाको युके भेरियन्ट अन्यभन्दा निकै संक्रामक रहेको पाइएको छ। यो भेरियन्ट मानव जीवनका लागि कति घातक छ भन्नेबारे पनि अनुसन्धान भइरहेको चौधरीले बताएका छन्।

पाकिस्तानका ७० प्रतिशत संक्रमितमा कोरोनाको बेलायती भेरियन्ट

पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

पाकिस्तानका ७० प्रतिशत संक्रमितमा कोरोनाको बेलायती भेरियन्ट

‘नरेन्द्र मोदी माफी पाउन लायक रहेनन्‌’

Leave a comment

Your email address will not be published. Required fields are marked *