२०८२ बैशाख १७ गते
×

Now Playing

बौद्ध ग्रामीणको कर्जा तथा शाखा व्यवस्थापन तालिम

सुर्खेत, २७ माघ ।
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. केन्द्रिय कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा संचालित तीन दिने कर्जा तथा शाखा व्यवस्थापन तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख कर्मचारीहरुको सहभागीता रहेको उक्त तालिममा शाखा संचालन, कर्जा वितरण, विश्लेषण र व्यवस्थापनका विषयमा रही कर्मचारीहरुको कार्यक्षमतालाई थप उर्जाशिल र सिर्जानात्मक गराउनका लागि ३ दिने तालिमको आयोजना गरिएको हो ।

संस्थाले बेला बेलामा आफुहरुको क्षमता अभिबुद्धिका लागि उपलब्धीमुलक तालिमहरु आयोजना गरिदिनाले काम गर्ने उत्साह र हौसला बढ्दै गएको तालिमका सहभागीले बताएका छन् । आरएमडिसी लघुवित्त वित्तिय संस्थाका नायब कार्यकारी प्रमुख पृथ बहादुर थापा, संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल के.सी मुख्य प्रशिक्षक रहनुभएका तालिममा यसै संस्थाका सचिव तथा कार्यक्रम संयोजक पासाङ महत्तरा, मुख्य प्रबन्धक अशोक चौधरी, धनबहादुर शाही, डम्बर विश्वकर्मा र प्रबन्धक रामु सुवेदी लगायतले सहजीकरण गर्नुभएको हो ।

संस्थाले प्रत्येक कर्मचारीहरुलाई कुशल र सफल बनाउनका लागी आवश्यक तालिमहरुको आयोजनालाई निरन्तरता दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल के.सी ले बताउनुभएको छ । तालिमलाई समापन गर्दै संस्थाका सचिव तथा कार्यक्रमका सभापति पासाङ महत्तराले हरेक कामलाई आफनो काम सम्झी इमान्दारीताका साथ काम गर्ने बानि बसाल्नु पर्नेमा सहभागीहरुलाई आग्रह गर्दै कर्जा लगानीलाई व्यवस्थित र सुरक्षित बनाउनका कर्मचारी र सदस्य दुवैमा इमान्दारीता हुनु पर्ने बताउनुभयो ।

बौद्ध ग्रामीणको कर्जा तथा शाखा व्यवस्थापन तालिम

कानूनको हात लामै हुन्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *