बम बोकाउनेहरुको विलासित : नेतृ संग्रौला

दुर्गा विसी
सल्लीबजार, २७ माघ ।
सल्यानको सल्लिवजारमा नेतृ डिला संग्रौलाले संवैधानिक कु को नेपाली कांग्रेस पार्टीले डटेर समाना गर्ने जनाउनुभयो । सल्यान सल्लिवजारमा नेपाली कांग्रेस निकट महिला संघसँग नेतृ संग्रौलाले हाल देशको विद्यमान राजनीति अवस्थाका विषयमा जानकारी गराउनुका साथै महिलाहरु पनि असंवैधानीक कदमको विरोधमा जुटन अनुरोध समेत थियो ।
१० वर्षे जनयुद्धले थिलाथिला परेको देशलाई पुनः कम्युनिस्टले थिलाथिला पारिरहेको उहाँको भनाइ थियोे । परिवर्तनका लागि सोझासाझालाइ बम वनाउन सिकाय,पटकाउन लगाए । आज तिनिहरुको अवस्था वेहाल छ । अपांगताको जीवन जिउन विवस छन् । जसले त्यो गर्न र गराउन लगाए आज तिनिहरु महलमा राजकि खानदानको सुखि विलासी जीवन बिताई रहेका छन् ।
परिवर्तनको लागि लागेका सोझासाझा नागरिकहरु भने नारकि जीवन जिउन वाध्य छन् ।के परिवर्तन यहि हो ? नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिका महिला संघको नगर स्तरीय भेटघाटका क्रममै संग्रौलाले यस्तो अभिव्यक्ति दिनुभएको हो । देश कम्युनिस्टहरुको गोलचक्र भ्युमा फसेको छ,यसलाई पार लगाउने भनेको नेपाली कांग्रेस मात्रै हो त्यसैले यतिखेर सबै जुट्न उहाँको आग्रह रहेको छ ।
भेटघाटकै क्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डिला सङ्गौला, केन्द्रिय सदस्य नेपाल महिला संघ गिरिजा देबि न्यौपाने, वीरेन्द्रनगर सुर्खेत महिला संघ अध्यक्ष जानकी सिंह, शोभा चेमजोङ पालुङ्वा, गोमा रावत,नेपाल महिला संघ अध्यक्ष दाङ, निर्मला क्षेत्री लुम्बिनी प्रदेश सचेतक तथा संसद लगाएतका महिला संघ नेतृहरुको उपस्थित रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य उषा रानाले जानकारी दिनुभएको छ ।






