समाजवादीको सुर्खेत भेला सम्पन्न

सुर्खेत : नेकपा एकीकृत समाजवादीको सुर्खेत जिल्ला कमिटी प्रथम बैठक सम्पन्न भएको छ । शुक्रबार पार्टीका उप-महासचिव, कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सुर्खेतका अध्यक्ष मोहनसिंह वडुवालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पोलिटव्युरो सदस्य हंशवहादुर शाही, केन्द्रीय तथा प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । आजदेखि आधिकारिक रूपमा समाजवादीमा सुर्खेत जिल्ला कमिटी रूपान्तरित भएको सुर्खेत अध्यक्ष वडुवालले बताए ।






