नेप्से ३ हजार नजिक, फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल

काठमाडौं । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार फेरि बजारले नयाँ कीर्तिमान कायम गरेको छ। आज नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ को विन्दुमा उक्लिएको छ।

यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत आइतबार जेठ २३ गते नेप्से २९०६.९१ को विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेको थियो। जुन रेकर्ड आज ब्रेक भएको छ।

आज नेप्से परिसूचकले अल टाइम हाइको रेकर्ड बनाएको हो। आज फाइनान्स र विकास वैंकका लगानी कर्ताहरुले राम्रो कमाएका छन्। यसैगरी आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४७ अंकले बढेर ५२८.११ को उचाइमा पुगेको छ। कारोबार रकम पनि १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ९.०४ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह ८.७१ अंकले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, जीवन बीमा समूहमा ३.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा २ प्रतिशत र व्यापार समूहमा ०.४७ प्रतिशतको बढोत्तरी भएको छ।

आज लगानी समूह सर्वाधिक ०.८८ प्रतिशतले घटेको छ। होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ।

नेप्से ३ हजार नजिक, फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल

कार्टुन

नेप्से ३ हजार नजिक, फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल

कोरोनाले मृत्यु हुने ८ हजार नाघे, ५१

Leave a comment

Your email address will not be published. Required fields are marked *