कर्णाली प्रदेशसभा : स्थगित अधिवेशन अझै सुचारु भएन

सुर्खेत । सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ । कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरुले लिएपछि बैठक स्थगित गरिएको थियो ।

एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्म बैठक स्थगित गरेका थिए ।

स्थगित बैठक पूर्वनिधारित समयमा आज मंगलबार पनि सुचारु हुन सकेको छैन। सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा वार्ता चलिरहेको र वार्ताको कुनै निष्कर्ष नआएकाले आज संसद चल्न सक्ने नसक्ने विषयमा केही जानकारी नआएको संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

कर्णाली प्रदेशसभा : स्थगित अधिवेशन अझै सुचारु भएन

रेडक्रसद्वारा नगर अस्पताललाई स्वास्थ्य सामग्री

कर्णाली प्रदेशसभा : स्थगित अधिवेशन अझै सुचारु भएन

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *