गण्डकीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्सि बिहीबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार गुरुङले बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

यसबारे मुख्यमन्त्री गुरुङले प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराएको संसद सचिवालयकी सुचना अधिकारी सपना अधिकारीले जानकारी दिइन् ।

गण्डकीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

रेडक्रसद्वारा नगर अस्पताललाई स्वास्थ्य सामग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *