मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आज सरकारलाई कारण देखाऊ आदेश दिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने तथा वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट हिजो मात्रै दर्ता भएका थिए। न्यायाधीश खतिवडाले अन्तरिम आदेशबारे छलफलका लागि सरकारी वकीललाई पनि झिकाउने आदेश गरेका छन् ।

वरिष्ठ अधिवक्त त्रिपाठीले निवेदकले गम्भीर संवैधानिक प्रश्न उठाएकाले दुबै पक्षको छलफल पछि मात्र अन्तरिम आदेश दिने भन्दै असार ८ गतेका लागि छलफलमा बोलाएको जानकारी दिए। अदालतले सरकारकोसमेत कुरा सुनेर निर्णय लिने छ ।

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जिप दुर्घटनामा चालकसहित एक महिलाको मृत्यु

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

गण्डकीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

Leave a comment

Your email address will not be published. Required fields are marked *